
ब्राजिल, चैत २४ । ब्राजिलको दक्षिणी क्षेत्र परा राज्यको नुजु नदीमाथि रहेको पुलमा पानीजहाज ठोक्किदा दुई सय मिटर लामो पुलको एउटा खण्ड भत्केको छ ।
पुल भत्किदा पुलमाथि गुडिरहेको दुईवटा कार नदीमा खसेको बताइएको छ । ८६० मिटर लामो सो पुल भत्केपछि सर्वसाधारणलाई आवत–जावतमा कठिनाइ भएको छ ।
पानीजहाजमा रहेका चालकदलका पाँच जना सदस्य भने सकुशल रहेको बताइएको छ ।
यसैबीच पुल भत्किएपछि परा राज्यका प्रमुख एल्दर बाहबाल्योले राज्यमा संकटकाल घोषणा गरेका छन् । उद्धारकर्मीहरुले पुलको भग्नावशेष पन्छाउने कार्य जारी राखेका छन् । पुलमा खिया लागेका कारण भत्किएको अनुसन्धानबाट खुलेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्