३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


भारतः सात सयभन्दा बढी कलाकारले गरे बीजेपीलाई भोट नहाल्न अपील


0
Shares

काठमाडौं । भारतमा सात सयभन्दा बढी प्रतिष्ठित कलाकारले संसदको आसन्न निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई मत नदिन अपील गरेका छन् । 

जति निर्वाचनको मिति नजिकिँदैछ, उति उति मतदातालाई प्रभावित पार्न मुख्य राजनीतिक दलहरुबीच अकार्काबीच आरोपप्रत्यारोप चलिरहेका बेला कलाकारहरुले एक साथ विज्ञप्ति निकालेर भाजपालाई मत नदिन भनेका हुन् ।

भाजपा विरुद्ध संयुक्त रुपमा गरिएको अपीलमा उनीहरुले ‘समानता तथा सामाजिक न्यायका लागि अन्धकार एवं जंगली शक्तिलाई पराजित गर्न’ आव्हान गरेका छन् । 

यसरी भाजपाविरुद्ध अपील गर्नेमा प्रतिष्ठित कलाकार नसरुद्दिन शाह, अरुन्धती नाग, कोनकोना सेन शर्मा, अमोल पालेकर, अस्ताद देबू, अर्सिया सत्ताट, डेनिश हुसौन, गिरिश कर्नाद, एम के रैना, कविथा लंकेश, लिलेटे दूबे, मल्लिका तनेजा, नभतेज जोहरलगायत छन् ।

भारतीय मतदाताहरुलाई अपील गर्दै उनीहरुले ‘संविधानको र समधर्मी, धर्मनिरपेक्ष लोकाचारको रक्षार्थ’ भाजपालाई भोट नदिन आग्रह गरेका हुन् ।

धार्मिक संप्रदायवाद, संकीर्णता र तर्कहीनताका शक्तिविरुद्ध भारतका रंगकर्मीहरुको लामो र गौरवशाली परम्परा रहेको भन्दै उनीहरुले धर्मनिरपेक्ष, लोकतान्त्रिक, समावेशी भारतको कल्पना आफूहरुको रहेको उल्लेख गरेका छन् ।

आज यस्तो भारत खतरामा परेको भन्दै उनीहरुले त्यतिमात्र नभई गीत, नृत्य र हाँसो पनि जोखिममा परेको तर्क गरेका छन् । संविधान खतरामा परेको भन्दै रंगकर्मीहरुले भनेका छन्, तर्क, बहस र असंतोषलाई ऐंठनमा पारिन थालेको छ ।

आसन्न चुनाव स्वतन्त्र भारतको इतिहासमै संवेदनशील रहेको भन्दै रंगकर्मीहरुले चुनावबाट प्रेम, समानता तथा सामजिक न्यायलाई पक्षपोषण गर्दै अन्धकार र बर्बरताका शक्तिलाई पराजित गर्न मतदाताले मत दिनुपर्ने उल्लेख गरेका छन् ।

रंगकर्मीहरु भन्छन्, ‘हाम्रो अपीलः कट्टरता, घृणाको विरुद्ध । त्यसैले बिजेपी र उसका सहयोगीविरुद्ध भोट हालौं… धर्म निरपेक्ष, लोकतान्त्रिक, समावेशी भारतका लागि भोट दिऔं…बुद्धिमत्तापूर्वक भोट हालौं’ ।

भारतमा यही अप्रिल ११ मा पहिलो चरणको मतदान हुँदैछ भने अन्तिम चरणको मतदान मे १९ मा हुनेछ ।

अनुपम खेरको भने आपत्ति

रंगकर्मी कलाकारले निकालेको अपीलप्रति भारतकै अर्का प्रतिष्ठित कलाकार अनपम खेरले भने आश्चर्य मानेका छन् ।