Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


नेपाली वनमा ५ करोड ५० लाख टन कार्बन, अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि चर्चा


0
Shares

काठमाडौं, असोज २० । नेपालका बनजंगलमा पाँच करोड ५० लाख टन कार्बन सञ्चित छ ।

विश्व बजारमा नेपालको कार्बन बिक्रीको चर्चा चलिरहेका बेला नेपाल सरकारले पहिलोपटक नेपालमा कार्बनको अवस्थाबारे अध्ययन गरेको हो ।

फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा गरिएको अध्ययनअनुसार नेपालमा औसत १७९.९५ टन कार्बन प्रतिहेक्टर छ । उच्च हिमाली र पहाडी भेगमा सबैभन्दा धेरै कार्बन सञ्चित छ ।

वन स्रोत सर्वेक्षण परियोजना राष्ट्रिय कार्यक्रम संयोजक यामप्रसाद पोखरेलका अनुसार कार्बन सञ्चिताको अवस्था थाहा पाएका कारण त्यसलाई अवसरका रुपमा सदुपयोग गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत अब कार्बन बिक्रीका लागि छलफल प्रक्रिया अघि बढाउने आधार नेपालसँग तयार भएको छ ।

वनको समग्र अवस्था र कार्वन सञ्चितिको आकर्षक तथ्य सार्वजनिक गर्दै नेपालको वन क्षेत्रको पहिलो विस्तृत सर्वेक्षण वन स्रोत सर्वेक्षण सकिएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट