
काठमाडौं, असोज २१ । राज्यको ९० प्रतिशतभन्दा बढी अनुदानमा बनेका लघु तथा साना जलविद्युत आयोजनाबाट उत्पादित ४२ मेगावाट बिजुली उपयोग हुन नसकी खेर गइरहेको छ ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र तथा समुदायले निर्माण गरेका यस्ता आयोजनाबाट उत्पादित बिजुली साँझ केही घण्टा बत्ती बाल्ने प्रयोजनमा मात्र सीमित छ ।
केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालका अनुसार स्वतन्त्र रुपमा सञ्चालित साना तथा लघु जलबिद्युत आयोजनाबाट उत्पादित उक्त परिमाणको बिजुली राष्ट्रिय प्रसारण लाइनमा आबद्ध हुन नसक्दा उपयोगहीन भएको हो ।
राष्ट्रिय प्रसारण लाइन (ग्रिड) विस्तार भएका विद्युत् प्राधिकरणको संचालनमा भने बिजुली अपुग भई हाल दैनिक आठ घण्टा लोडसेडिङ भइरहेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्