अर्घाखाँची, असार ६।
गुल्मीको धुर्कोट गाउँपालिकामा पहिरोले जिप पुरिंदा एक जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका बाट गुल्मीको धुर्कोटका लागी छुटेको ग १ ज ३९९७ नम्बरको सवारी जिप धुर्कोट गाउँपालिका वडा नम्बर–३ हाडहाडेमा पहिरोले पुरिंदा एक जनाको मृत्यु भएको देउराली यातायात प्राली अर्घाखाँचीका अध्यक्ष योगेन्द्र खड्काले जानकारी दिए ।
मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका तुल्सीराम काउछा रहेको बताएको छ। पाँच जना सवार जिप मा ४ जना घाईते भएका छन् भने एकजनाको अवस्था गम्भीर रहेको छ ।
घाईतेलाई उपचारका लागी अर्घाखाँची अस्पताल ल्याईएको छ ।






प्रतिक्रिया दिनुहोस्