२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


राष्ट्रपति–पूर्व राष्ट्रपति पारिवारिक साइनोमा


0
Shares

काठमाडौं, कार्तिक १ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको परिवार साइनोमा जोडिएको छ ।

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह प्रथम राष्ट्रपति यादवका नाति अभिषेक यादवसँग हुन लागेको हो । आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उनीहरुको इंगेज्मेन्ट (टीकाटालो) भएको छ ।

अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखि सहपाठी अभिषेक र निशाकुसुमबीच विवाहको प्रसंग २ वर्षदेखि नै चलेको थियो ।

यही माघमा विवाह गर्ने तयारीमा दुवै परिवार रहेको यादवको पारिवारिक स्रोतले बतायो । टीकाटालो कार्यक्रम गोप्य राखिएको थियो ।

दुई राजनीतिक पृष्ठभूमिको परिवारबीचको कार्यक्रम भए पनि समारोहमा दलका कार्यकर्ताको उपस्थिति थिएन । एमाले अध्यक्ष केपी ओली भने पत्नी राधिकासहित शीतल निवास पुगेका थिए । –कान्तिपुर दैनिकबाट