२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


सांसदको तलब सुविधा बढाउने विधेयक दर्ता


0
Shares

काठमाडौं, कात्तिक ३ । सरकारले सांसदहरुको सेवा सुविधा बढाउने सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ ।

वार्षिक बजेटले बढाएअनुसारको सेवा सुविधा हेरफेर गरी मंगलबार कानुन मन्त्रालयले विधेयक संसद सचिवालयमा दर्ता गरेको हो ।

सांसदहरुको सेवा सुविधा सम्बन्धी २०५२ सालको ऐन पहिलो पटक संशोधन हुन लागेको हो । सरकारले यसअघि सेवा सुविधा राजपत्रमा सूचना प्रकाशित गरी हेरफेर गर्दै आएको थियो । कानुनी रुपमा सुविधा बढाउने गरी पहिलोपटक विधेयक ल्याइएको हो ।

विधेयक अनुसार अब सांसदहरुको मासिक तलब ५५ हजार हुनेछ । मासिक तलब बाहेक घरभाडा, सचिवालय खर्च, धारा, पानी बिजुलीको रकम पनि सांसदहरुले पाउनेछन् । –गोरखापत्र दैनिकबाट