२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


हुण्डी र अपहरणका आरोपीलाई गृहमन्त्रीले जोगाउँदै


0
Shares

काठमाडौं, कात्तिक ३ । अपहरण र हुण्डीमा जोडिएकालाई कारवाही प्रक्रिया अघि नबढाउन दिएको निर्देशन अटेर गरेको भन्दै प्रहरी प्रधान कार्यालयले पर्सा र सिरहाका एसपीलाई काठमाडौं झिकाएको छ ।

गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा निमित्त प्रहरी प्रमुख विज्ञानराज शर्माले पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहा एसपी श्याम ज्ञवालीलाई पेसीमा काठमाडौं झिकाएका हुन् ।

मन्त्री निधिले भेट्न बोलाएको भन्दै शर्मा मंगलबार दुबै एसपीलाई लिएर गृहमन्त्रालय पुगेका थिए तर भेट भएन । डेढ घण्टा कुर्दासमेत मन्त्री निधि नआएपछि उनीहरुले गृहसचिव लोकदर्शन रेग्मीलाई भेटेका थिए ।

शर्मा र दुबै एसपीसँग रेग्मीले करिब एक घण्टा कुराकानीका क्रममा पेसीमा झिकाउनुको कारणमा प्रवेशै नगरी जिल्लाको शान्ति सुरक्षाबारे छलफल गरेका थिए ।

सिरहामा माओवादी केन्द्रका नेता तथा पूर्व शान्तिमन्त्री विश्वनाथ प्रसाद साहसहित १० जना माओवादी नेतामाथि सरकारी कर्मचारीको अपहरण गरी जबर्जस्ती कागज गराएको जाहेरी दर्ता छ । जाहेरी दर्ता रहे पनि माओवादी केन्द्रका नेता पक्राउ परेका छैनन् ।

पर्सामा हुण्डी कारोबारीको अभियोग अनुसन्धानमा व्यापारी सन्तोष जैनको परिवार नै हिरासतमा छ । –कान्तिपुर दैनिकबाट