
काठमाडौं, कात्तिक ३ । रोजगारीका लागि खाडी मुलुक गएर फर्केकाहरुमा मिर्गौला बिग्रने समस्या बढ्दै गएको अस्पतालले जनाएका छन् ।
खाडी मुलुकबाट मिर्गौला बिग्रर फर्केकाहरु नेपालका विभिन्न अस्पतालमा उपचार गरिरहेका छन् । टिचिङ अस्पताल महाराजगंजका अनुसार नेफ्रो वार्डमा भर्ना भएका ४५ मध्ये ५ देखि १० जना राष्ट्रबाट फर्केका हुन् ।
राष्ट्रिय मिर्गौला केन्द्रका अनुसार मासिक पाँचजना हेमोडायलाइसिस गर्न आउँछन् । त्यस्तै उपचार गरिरहेका मध्ये औसत २० प्रतिशत खाडीबाट फर्केका रहेको राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रले जनाएको छ ।
मिर्गौला बिग्रेर उपचार गर्न आउनेहरु कतार, दुबई, मलेसिया ओमन, कुबेत लगायत राष्ट्रबाट फर्केका छन् । कतिपयको खाडी मलुक गएको दुई–चार महिना मै त कतिपयको दुई–चार वर्षपछि मिर्गौला बिग्रेको पाइएको छ । – नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्