
काठमाडौं, कात्तिक ४ । लागूपदार्थ एम्फेटाइन बनाउने कच्चपदार्थका रुपमा रहेको स्युडोएफेड्रिन तस्करीमा थप दुई औषधि कम्पनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रहरी अनुसन्धानपछि औषधि व्यवस्था विभागले यी कम्पनीको जीएमपी समेत निलम्बन गरेको छ ।
लागूऔषध नियन्त्रण व्युरोका अनुसार मधुसूदन अग्रवालका नाममा रहेको एसआर फर्मास्युटिकलल्स र उनका भाइ अमित अग्रवालले सञ्चालन गरेको टोरेस फर्मा ल्यावले अबैध रुपमा स्युडोएफेड्रिन तस्करी गरेको अरोपमा अनुसन्धान अगाडि बढेको छ । मधुसुदन अग्रवाल पूर्वसभासद् हुन् ।
व्यूरो र विभागले दुवै औषधि कम्पनीमा छापा मारेर फाइल कब्जा गरेपछि अग्रवाल दाजुभाइका सपरिवार फरार छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्