३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


१२ जना नेपाली किशोरीको नयाँदिल्लीबाट उद्धार


0
Shares

नयाँदिल्ली, चैत १९ । दिल्ली महिला आयोगले भारतको राजधानी सहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीको उद्धार गरेको जनाएको छ ।

उद्धार गरिएका किशोरीले एकजना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन् ।

आयोगका सदस्य किरण नेगीको अगुवाइमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीको उद्धार गरिएको आयोगले जनाएको छ । तर, किशोरीलाई दिल्लीसम्म ल्याउने ‘एजेन्ट’ फरार भएका छन् ।

उद्धार गरिएका अधिकांश किशोरीले रोजगारी दिलाउने नाममा ती एजेन्टलाई प्रतिव्यक्ति रू. ५० हजार बुझाएको बताएका छन् । तर, दुईजनाले भने एजेन्टलाई रू. दुई लाख दिएको दाबी गरेका छन् ।

उद्धार गरिएका सबै किशोरीलाई नेपाल पठाइने आयोगले जनाएको छ । रासस/एएनआई