Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


‘नेता हो, खुट्टा नकमाऊ’


0
Shares

काठमाडौं, कात्तिक ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता महाअभियोग प्रस्तावको पक्षमा उभिन नेतृत्वलाई दबाब दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा बिहीबारबाट जारी केन्द्रीय समिति बैठकमा शुक्रबार बोल्दै सदस्यहरुले संविधान कार्यान्वयनलाई सहज बनाउन पनि प्रस्तावको पक्षमा उभिनुपर्ने धारणा राखे ।

संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव कार्कीसँग मात्र नभएर नेपालको सिंगो राजनीतिसँग जोडिएको जनाउँदै उनीहरुले जनमतको कदर गर्न नेतृत्वलाई सुझाए ।

‘प्रमुख प्रतिपक्षी एमाले ‘अहंकार’ दलीय सहमतिको बाधक बन्दै आए पनि कांग्रेसले मुलुकको परिस्थिति सम्हाल्दै महाअभियोग प्रस्ताव पक्षमा दलीय सहमति बन्न दिएन’, बैठकमा केन्द्रीय सदस्य प्रदिप पौडेलले भने,‘एमाले जिम्मेवार बनेन भन्दैमा कांग्रेस पनि गैरजिम्मेवार बनेर राष्ट्रिय राजनीतिलाई संकटमा पार्नुहुँदैन ।

-नागरिक दैनिकबाट