Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


गफमै सीमित चिनियाँ इन्धन, के के भयो अहिलेसम्म ?


0
Shares

काठमाडौं, कात्तिक ७ । चीनबाट इन्धन भित्र्याउन गृहकार्य सुरु भएको एक बर्ष पुग्दा पनि प्रगति शुन्य छ ।

चिनीयाँ इन्धन आयतबारे छलफल र अध्ययन गर्न नेपाल आयल निगम र तत्कालीन बाणिज्य तथा आपूर्ति मन्त्रालय र हालको आपूर्ति मन्त्रालयका उच्च अधिकारीले पटक पटक चीन भ्रमण गरे ।

निगमदेखि मन्त्रालयसम्मका अधिकारीले महँगा होटलको खर्च र आकर्षक भत्ता बुझे । तर इन्धन आयात गर्ने विषय अझै अन्यौलमा छ ।

यसै विषयमा अध्ययन गर्न आपूर्ति र परराष्ट्र मन्त्रालयका अधिकारी सम्मिलित समिति पनि गठन भयो ।

व्यापार गर्ने विषयमा चीन सरकारको स्वामित्व भएको पेट्रो चाइना र निगमबीच द्विपक्षीय सहमति भएको एक बर्ष वितिसक्दा पनि इन्धन आयात हुने या नहुने निश्चित भएको छैन् ।

अहिले चीनबाट इन्धन आयात गर्ने विषय गफमै सिमित बन्न पुग्यो । इन्धनमा भारतमाथि परनिर्भर रहेको नेपाललाई भारतीय एकाधिकार हटाउन चीनबाट इन्धन आयात गर्ने विषय पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्याकालमा निकै हल्लासहित तयारीसमेत भएको थियो ।

सरकारको उदासीनताका कारण पछिल्लो समयमा चिनियाँ बाणिज्य तथा उद्योगमन्त्री झाङ माओले नेपाल भ्रमण गरे पनि इन्धनका विषयमा उपलब्धिमुलक बार्ता र छलफल पनि हुन सकेन ।

के के भयो अहिलेसम्म ?

-छिंघाई प्रान्तबाट इन्धन खरिद गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्नका लागि नेपाली टोलीद्वारा चीनको छिंघाई भ्रमण गरी प्रतिवेदन तयार ।

-इन्धन आपूर्ति गर्ने सम्बन्धमा सात सदस्यीय अध्ययन टोलीद्वारा चीनको बेइजिङ भ्रमण । नेपाली टोलीद्वारा तातापानी नाकामार्फत इन्धन उपलब्ध गराउन प्रस्ताव । चिनियाँ पक्षद्वारा सिगात्सेको डिपोबाट केरुङ नाकामार्फत दिने आश्वासन ।

-चिनियाँ पक्षद्वारा नेपाली टोलीलाई सम्पूर्ण करसहित निकै महँगो मूल्य सूची प्रस्ताव ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट