काठमाडौं, कात्तिक ९ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक १९ देखि तीन दिन भारत भ्रमण गर्ने भएका छन् ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमण सकेर दिल्ली फर्किने दिनै देउवा दिल्ली हुँदै गोवा जान लागेका हुन् ।
भ्रमणमा देउवाले भारतमा उच्च राजनीतिक भेटघाटसमेत गर्नेछन् ।
उनको उच्च राजनीतिक भेटघाट २० र २१ गते दिल्लीमा हुने छ । –कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्