३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


गुडिरहेको बसमा अचानक आगलागी, २० जनाको मृत्यु


0
Shares

लिमा, चैत १८ । पेरुको राजधानी लिमामा आइतबार राती एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । 

लामो बाटोमा चल्ने यो बस लिमाबाट चिक्लायोतर्फ गइरहेको थियो । उक्त बसमा खचाखच यात्रु थिए ।

गुडिरहेको बसमा अकस्मात आगो लागेको थियो । 

उक्त आगलागीको कारण हालसम्म पत्ता लाग्न सकेको छैन । आगलागीको कारण अनुसन्धानरत रहेको प्रहरीले जानकारी दिएको छ । 

पेरुमा यस वर्ष भएको यो दोस्रो ठूलो दुर्घटना हो । यसअघि पनि गत जनवरी २५ मा मध्य पेरुमा रहेको एक नदीमा बस खस्दा कम्तीका १० यात्रुको मृत्यु हुनुको साथै अन्य ३० घाइते भएका थिए । (रासस/सिन्ह्वा)