३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


स्लोभाकियामा पहिलो पटक महिला राष्ट्रपति


0
Shares

ब्राटिस्लाभ, चैत १७ । सरकारकी आलोचक एवं भ्रष्टाचार विरोधी अधिकारकर्मी जुजाना क्यापुटोभा स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।

शनिबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतपरिणाम अनुसार उनी स्लोभाकियाको पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी हुन् ।

वातावरण वकील क्यापुटोभाले कूल मतको ५८ दशमलब ४० प्रतिशत प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी युरोपेली यूनियनका ऊर्जा आयुक्त मारोस सेफ्कोभिकले ४१ दशमलब ५९ मात्र मत पाएका थिए । मतगणनाको औपचारिक घोषणा हुन बाँकी छ ।

विजयी भएपछि प्रतिक्रिया दिँदै ४५ वर्षीया क्यापुटोभाले विपक्षीलाई गालीगलौज नगरी पनि चुनाव जित्न सकिन्छ भन्ने पुष्टी भएको बताइन् । यही प्रवृत्ति युरोपेली संसद र अर्को वर्ष हुने स्लोभाक संसदको चुनावमा पनि दोहोरिने विश्वास उनले व्यक्त गरिन् ।

सत्तारुढ दलका तर्फबाट चुनावमा उठेका ५२ वर्षीय सेफ्कोभिकले आफ्नो हार भएको स्वीकार्दै क्यापुटोभालाई विजयी भएकामा बधाई दिएका छन् । सत्तारुढ स्मेर–एसडी पार्टीका तर्फबाट प्रधानमन्त्री रहेका पिटर पेलिग्रिनीले राष्ट्रपतिसँग रचनात्मक समझदारी निर्माण गरिने बताए । (रासस/एएफपी)