Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


भीभीआइपी उडानले आकाशमै ट्राफिक जाम


0
Shares

काठमाडौं, कात्तिक १८ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसोको नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनैभर परेको छ ।

आन्तरिक र बाह्य उडानका वायुसेवाले एकदेखि तीन घण्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकाश मार्ग व्यस्त हुनु पुगेको हो ।

त्रिभुवन विमानस्थलको एउटा मात्रै धावनमार्ग हुनु, आन्तरिक र अन्तर्राष्ट्रिय उडानका वायुसेवाको उडान तथा अवतरण एउटै रुट हुनु र दैनिक दुईसय भन्दा बढी उडान हुनु काठमाडौं विमानस्थलका प्रमुख समस्या हुन् ।

त्यसमा पनि भीभीआइपीको सवारीको समयमा ४५ मिनेटको विमानस्थल बन्दका कारण हवाईमार्ग व्यस्त भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार बुधबार भारतीय राष्ट्रपति काठमाडौं आउनेमात्रै कार्यक्रम भएकाले ४५ मिनेटमात्रै विमानस्थल बन्द भएको हो । शुक्रबारका लागि भने काठमाडौंबाट जनकपुर जाँदा र पोखराबाट काठमाडौं फर्कदा तथा भारत जाँदाको समयमा पनि विमानस्थल बन्द हुने भएकाले बुधबारको तुलनामा शुक्रबार विमानस्थल धेरै समय बन्द हुन्छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट