३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


भाजपा अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवार


0
Shares

गान्धीनगर (गुजरात), चैत १६ । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहले गान्धीनगरबाट उम्मेदवारी दिएका छन् ।

भारतको सत्तारुढ दलका अध्यक्ष शाहले शनिबार आफ्नो उम्मेदवारी दर्ता गराएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

अध्यक्ष शाह अहिले राज्यसभा सदस्य छन् । उनले पहिलोपटक लोकसभाका लागि उम्मेदवारी दिएका हुन् ।

शाहले उम्मेदवारी दिएको गान्धीनगर निर्वाचन क्षेत्रमा यसअघि भाजपाकै वरिष्ठ नेता लालकृष्ण आडवाणीले निर्वाचन जितेका थिए ।

गृहमन्त्री राजनाथ सिंह, पन्जाबका पूर्वमुख्यमन्त्री प्रकाशसिंह बादल, यातायातमन्त्री नितिन गड्करी, शिवसेना प्रमुख उद्धव ठाकरे, लोक जनशक्ति पार्टीका अध्यक्ष रामविलास पासवान र भाजपाका राष्ट्रिय महासचिव राम लाललगायतको उपस्थितिमा उनले उम्मेदवारी दर्ता गराएको भाजपाका सचिव महेन्द्र पाण्डेले जानकारी दिए ।

उम्मेदवारी दर्ता गर्नुअघि उनले अहमदावादको नारायणपुरमा आयोजित वृहत् चुनावी र्‍यालीलाई सम्बोधन गरेका थिए ।

भारतमा आगामी अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा निर्वाचन हुन लागेको छ ।

निर्वाचनका लागि मतदानको दिन नजिकिँदै गर्दा चुनावी चहल–पहल बढेको छ । रासस/एएनआई