काठमाडौं, कात्तिक २१ । कांग्रेस नेतृ सुजाता कोइरालालाई ब्रेष्ट क्यान्सर भएको आशंका छ । एसियाली महिलाहरुको सञ्जाल आइक्यापको सम्मेलनमा मलेसिया पुगेका बेला चेकअप गराउँदा चिकित्सकले क्यान्सरको आशंका गरेको कोइरालाले बताएकी छिन् ।
‘मलेसियामा सम्मेलनमा भाग लिन गएको थिएँ । छोरी ज्वाइँसँगै मलेसिया घुम्दा रिंगटा लागेपछि अस्पताल पुगेर चेकअप गर्दा ब्रेष्ट क्यान्सरको शंका भयो । मेरो त खान्दानमा त्यस्ता विरामी पहिले पनि धेरै थिए’,कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले मलाई पनि डर लाग्यो ।
क्यान्सरको शंकैशंका छ । ब्रेष्टमा सिस्ट(भित्र पानी भरिएको डल्ला) निकाल्न मिल्ने भए निकालिहालौं भन्ने भएपछि अप्रेसन गराएँ । अब फलोअपमा जान्छु । उनी अहिले मण्डिखाटारस्थित निवासमा आराममा छिन् ।
पार्टी सभापतिसँग उपचार खर्च माग
पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी सुजाताले आफ्नो उपचार खर्च जुटाइदिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् । देउवानिकट स्रोतका अनुसार मलेसियाबाट फर्केलगत्तै सुजाताले उपचार खर्च मंहगो हुने भन्दै एक करोड रुपैंया जुटाइदिन आग्रह गरेकी छिन् ।
-नयाँ पत्रिका दैनिकबाट




प्रतिक्रिया दिनुहोस्