३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


आप्रवासी प्रवेश रोक्न थप कदम नचाले सीमा नै बन्द गर्ने ट्रम्पको चेतावनी


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोले आप्रवासी प्रवेश रोक्न थप कदम नचाले सीमा नै बन्द गर्न चेतावनी दिएका छन् ।

मेक्सिको हुंदै शरणार्थीको रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

सीमा बन्दबाट आवतजावतमा मात्र नभइ लाखौं डलरको व्यापारमा समेत असर पर्नेछ । मेक्सिकोले आप्रवासी रोक्ने सजिलो काम पनि नगरेको ट्रम्पको आरोप छ । 

मेक्सिकोका राष्ट्रपति आद्रेस म्यानुअल लोपेज ओब्राडोरले भने आप्रवासीको मुद्धा मेक्सिकनको नभएको भन्दै यसलाई विवादमा नल्याउने बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चुनावी अभियानकै क्रममा मेक्सिकोको सीमामा पर्खाल लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पर्खाल निर्माणका लागि ६ अर्ब डलर माग गर्नुभएपनि अमेरिकी संसद कांग्रेसले अस्वीकार गरेको थियो ।

तर आपतकाल घोषणा गर्दै उनले जसरी भएपनि पर्खाल निर्माण गर्ने दृढता व्यक्त गरेका छन् ।

हालै मात्र प्रतिरक्षा खर्चबाट पर्खाल निर्माणका लागि १ अर्ब डलर निकासा भैसकेको छ । (एजेन्सी)