काठमाडौं, कात्तिक २३ । बागमती नदीमा अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने क्रम तीव्र भए पनि रोक लगाइएको छैन ।
रौतहट र सर्लाहीको सिमाना भएर बग्ने बागमतीमा करेन्ट लगाएर माछा मार्नेको ठूलै भीड लाग्छ । गिरोहले स्थानीय प्रशासनलाई प्रभावमा पारेर बागमतीमा माछा मार्न भीड लगाउने गरेको स्थानीयको आरोप छ ।
चन्द्रपुर नगरपालिका वडा नं. ८ र ९ बाट दैनिक करेन्ट लगाएर माछा मार्ने गरिएको छ ।
खोला तथा नदीमा करेन्ट लगाउन, विषादी हाल्न र बम पड्काउन नपाउने स्पष्ट कानुनी व्यवस्था छ ।
पूर्व–पश्चिम राजमार्गको पौराईस्थित बागमती पुल तल करेन्ट लगाएर र त्यसभन्दा माथि मकवानपुर र सिन्धुलीको बीचमा बम पड्काएर माछा मार्ने गरिएको स्थानीयको भनाइ छ । –नयाँ पत्रिका दैनिकबाट




प्रतिक्रिया दिनुहोस्