काठमाडौं, कात्तिक २६ । भारत परोक्ष रुपमा अंगीकृत नागरिकलाई राज्यको उच्च तहमा पुर्याउन चाहन्छ । त्यसैले भारत अहिले मधेसी मोर्चाको व्यानरबाट आउन खोजेको पूर्व महान्यायाधीवक्ता प्रा. डा. युवराज संग्रौलाले बताए ।
‘मोर्चाका नेताहरु एम्बुसमा परेका कारण अहिले वैवाहिक अंगीकृतको नारा ल्याएका हुन्,’ संग्रौलाले भने । उनका अनुसार संसारभरी नै पहिलो पुस्ताको वंशज नागरिकलाई संवैधानिक निकायमा पुग्न रोक्ने व्यवस्था छ । वैवाहिक नागरिकता लिएका व्यक्ति वंशजका हिसाबले पहिलो पुस्ताअन्तर्गत पर्दछन् ।
मधेसी दलका नेताहरुले वैवाहिक अंगीकृतको नारा उठाएर तराईको भावनात्मक समवेदना बटुल्न खोजेका छन् । अघोषित रुपमा सिके राउतलाई फाइदा पुग्नेगरी यस्तो समवेदना खेल्न खोजेको पूर्वमहान्यायाधीवक्ता प्रा. डा युवराज संग्रौलाको टिप्पणी छ ।
मधेसका स्थानीय तह र प्रदेशमा बाहुल्य बढाउन सकेको अवस्थामा राष्ट्रपति निर्वाचनमा सहज भूमिका खेल्न सकिने र उक्त तहमा पुर्याउने योजनाअनुसार अंगीकृतको नारा उठाइएको पूर्वमहान्यायाधीवक्ता संग्रौलाको भनाइ छ । ‘मधेसका नेताका श्रीमती, बुहारीहरु अंगीकृत धेरै छन्, उनीहरुलाई अवसरका लागि पनि यो मुद्दा उठाउन आवश्यक छ र उनीहरु त्यहीमार्फत राष्ट्रपति बन्न चाहन्छन्,’ संग्रौलाले भने । –नयाँ पत्रिका दैनिकबाट




प्रतिक्रिया दिनुहोस्