काठमाडौं, चैत १५ । सभामुख कृष्णबहादुर महराको निम्तोमा आउने भनिएको पाकिस्तानी सभामुखसहितको संसदीय टोलीको काठमाडौं भ्रमण स्थगित भएको छ ।
यो भ्रमणलाई परराष्ट्र मन्त्रालयको आग्रहमा स्थगित गरिएको संसद सचिवालयका एक अधिकारीले बताए ।
यसअघि परराष्ट्र मन्त्रालयले चैत दोस्रो साता काठमाडौंमा हुने भनिएको नेपाल–पाकिस्तान विदेश सचिवस्तरीय संयन्त्र बैठक एकाएक स्थगित गरेको थियो । परराष्ट्र स्रोतका अनुसार भारतीय विदेशसचिव काठमाडौं आउने टुंगो लागेपछि पाकिस्तानसँगको पूर्ववर्ती निर्णयको बैठक अनिश्चित समयका लागि स्थगित गरिएको हो । –कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्