३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


ओली सरकारले प्रतिबद्धता जनाइसकेको विषयमा नयाँ सरकार सहमत नभएको चीनको आशंका !


0
Shares

काठमाडौं, कात्तिक ३० । चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाबारे सरकारको ठोस धारणा बुझ्न चीनको एक सरकारी प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ ।

चीनले एसिया, युरोप र अफ्रिकाबीच सडक पूर्वाधार, रेलमार्ग र समुद्री पूर्वाधारको विकासबाट आर्थिक प्रगति हासिल गर्ने मूख्य लक्ष्यसहित अघि बढाएको उक्त अवधारणाबारे नेपालको धारणा माग गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा अघि सारेको यस अवधारणा अन्तर्गत ‘सिल्करोड इकोनोमिक बेल्ट’ र ‘एक्काइसौं शताब्दीको सामुद्रिक सिल्क रोड’ गरी दुई भाग छन् ।

नेपालले सिल्क रोड इकोनोमिक बेल्टमा सहभागिता जनाउन सहमति जनाइसकेको छ । नेपालले चीनको सिल्क रोड अवधारणामा सहभागी हुन दुई वर्षअघि चीनसँग समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा चीनको यस अवधारणामा सक्रिय सहभागी हुने प्रतिबद्धता सरकारले जनाएको थियो । तर वर्तमान सरकार यस अवधारणाप्रति सकारात्मक नदेखिएको जानकार कुटनीतिक स्रोत बताउँछ । –अन्नपूर्ण पोस्ट दैनिकबाट