२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


कश्मिरमा गुडिरहेको बसमा गोली प्रहार, नौं जना पाकिस्तानी मारिए


0
Shares

काठमाडौं, मंसिर ८ । भारत पाकिस्तानबीचको विवादित सिमा क्षेत्र कश्मिरमा पाकिस्तानी नागरिकहरु चढेको बसमा गोली प्रहार हुँदा नौं जना पाकिस्तानी नागरिक मारिएका छन् ।

गुडिरहेको बसमा गोली प्रहार हुँदा उनीहरु मारिएका हुन् । घटनामा ११ जना घाइते भएका छन् ।

पाकिस्तानले घटनामा भारतको हात रहेको आरोप लगाएको छ । यद्दपी घटना कसले गरायो भन्नेबारे केही पुष्टी भइसकेको छैन ।

यसअघि पाकिस्तानी सेनाले गोली प्रहार गरी तीन जना भारतीय सेनाको हत्या गरेको थियो ।

सो घटना लगत्तै भारतले पाकिस्तानलाई हमलाको जवाफ हमलाबाटै गर्ने चेतावनी दिएको थियो । पछिल्लो समय कश्मिरको बिषयलाई लिएर भारत पकिस्तानबीच तनाव कायमै छ । (एजेन्सी)