३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


१६ महिनामा ३ सय विदेशी देश निकाला


0
Shares

काठमाडौं, मंसिर ९ । गृह मन्त्रालयले १६ महिनाको अवधिमा ३ सय विदेशी नागरिकलाई नेपाल फिर्ता हुन नपाउने गरी देश निकाला गरेको छ ।

लागूऔषध कारोबार, जाली नोट तस्करी, चोरी/डकैत, मानव ओसारपसार, अवैध कल बाइपास, सुन तस्करीलगायतका सामाजिक आर्थिक तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा उनीहरु नेपालबाट निकालिएका हुन् ।

मन्त्रालयको तथ्यांकअनुसार २०७२ साउन देखि १६ महिनाको अवधिमा ती विदेशीलाई उनीहरुकै देश फिर्ता पठाएको हो ।

अध्यागमन विभागका अनुसार आव ०७१/७२ को अवधिमा ५१ मुलुकका ३ सय २६ विदेशी देश निकालमा परेका थिए ।

प्रहरीसँगको समन्वयमा अनधिकृत रुपमा बसेका विदेशी नागरिकको खोजीका लागि निगरानी बढाइएको विभागले जानकारी दिएको छ । –कारोबार दैनिकबाट