२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


इरानमा रेल जुध्दा ३१ को मृत्यु, ७० जना घाईते


0
Shares

काठमाडौं, मंसिर १० । इरानको उत्तरी क्षेत्रमा दुई वटा रेल आपसमा जुध्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।

रोकिराखेको रेललाई गुडिरहेको रेलले ठक्कर दिंदा रेलका चार डिब्बा लिगबाट उछिट्टिएको थियो । दुई वटा डिम्बामा आगो लागेको थियो ।

घटनामा ७० भन्दा बढी घाईते भएका छन् । राजधानी तेहेरानबाट २ सय ५० किलोमिटरको पूर्वमा भएको घटनामा चार जना रेलवे सेवाका कर्मचारीमा पनि मारिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले बताइएको छन् ।(एजेन्सी)