१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


बर्खास्तको सिफारिसमा परेका थिए कार्की


0
Shares

काठमाडौं, मंसिर १३ । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की निजामती सेवामा रहँदा नियमविपरीत लगातार ९० दिनभन्दा बढी बिनासूचना गयल भएको भेटिएको छ ।

ऐनविपरीत गयल भएका कारण कार्कीलाई तत्कालीन सरकारले बर्खास्तगीको तयारी गरेको प्रमाण फेला परेको छ ।

योजना आयोगको विशेष अधिकृत छँदा कार्की २०६४ साउन २८ पछि ९० दिनभन्दा बढी गयल थिए ।

कारबाहीको फाइल प्रक्रियामै रहेका बेला उनले राजीनामा दिएका थिए । यी कागजातले उनलाई अख्तियारको प्रमुख आयुक्त बनाउने क्रममा संवैधानिक परिषदको बैठकले ‘उच्च नैतिक चरित्रयुक्त’ भनी गरेको सिफारिसमाथि प्रश्न उब्जाएको छ ।

२०६२/०६३ को जनआन्दोलनपछि गठित सरकारले तत्कालिन मुख्य सचिव कार्कीलाई योजना आयोगमा विशेष अधिकृत पद सिर्जना गरी सरुवा गरेको थियो । सरुवा भए पनि कार्कीले योजना आयोगको सचिवालयमा कामै गरेनन् ।

झण्डै १३ महिना शृंखलावद्ध बिदाको खेलमा लागेका कार्की २०६४ साउन तेस्रो सातादेखि अचानक बेपत्ता भएको पुष्टि हुने कागजात फेला परेको हो । –कान्तिपुर दैनिकबाट