
काठमाडौं, मंसिर १५ । भारतीय सीमा सुरक्षा बल बीएसएफले पाकिस्तान विरुद्धको सर्जिकल स्ट्राइकमा १५ भन्दा बढी पाकिस्तानी रेञ्जर्स सैनिक मारिएको दाबी गरेको छ ।
बीएसएफका निर्देशक केके शर्माले कारवाहीका क्रममा दश भन्दा बढी चरमपन्थी समेत मारिएको जानकारी दिए ।
बुधबार मात्र जम्मुको नरगोटास्थित सेनाको शिविरमा हतियारधारी चरमपन्थीले गरेको आक्रमणमा सात जना भारतीय सेना मारिएका थिए ।
पछिल्लो समय भारत र पाकिस्तानको सीमामा तनाब बढ्दो छ भने दुवै पक्षबाट गोलावारी भैरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्