२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


‘ओपेक’ले गर्‍यो कच्चा तेलको उत्पादन कटौती गर्ने निर्णय


0
Shares

काठमाडौं, मंसिर १६ । कच्चा तेल निर्यात गर्ने देशहरुको समूह ‘ओपेक’ ले कच्चा तेलको उत्पादन कटौती गर्ने निर्णय गरेको छ ।

ओपेकको यो निर्णयलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ ।

भियनामा भएको बैठकमा ओपेकले कच्चा तेल उत्पादनमा कटौती गर्ने निर्णय गरेसँगै अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा ८ प्रतिशतभन्दा बढी बृद्धि भएको छ ।

ओपेकका अध्यक्ष डा. मोहम्मद बिन सालेह अल सदाले ओपेकले प्रतिदिन १२ लाख ब्यारेल कच्चा तेलको उत्पादन कम गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ । यो निर्णय आगामी जनवरीदेखि लागू हुने जनाइएको छ ।

यो कटौती सदस्य देशहरुको कुल तेल उत्पादनको करिब तीन प्रतिशत हो । यो निर्णय लागू भएपछि ओपेकले प्रतिदिन ३२५ लाख ब्यारेल तेल उत्पादन गर्नेछ ।

आठ वर्षको अन्तरालमा पहिलो पटक सदस्य राष्ट्रहरुबीच तेलको मुल्य बढाउने उद्देश्यले उत्पादन कटौती गर्ने सहमति भएको हो ।

विगत दुई वर्षमा तेलको मूल्यमा प्रतिब्यारेल १०० डलरभन्दा बढी कमी आएको थियो । (एजेन्सी)