Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


निलम्बित सांसद सञ्जय साह पुर्पक्षका लागि कारागार चलान


0
Shares

काठमाडौं, मंसिर १७ । सञ्चार उद्यमी अरुण सिंघानिया हत्या अभियोगमा आरोपी धनुषा क्षेत्रनम्बर ४ का निलम्बित सांसद सञ्जयकुमार साहलाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ ।

मुलुकी ऐन अदालती बन्दोबस्तको ११८ को देहाय २ बमोजिम ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भनि भन्न नसकिने हुँदा पछि ठहरे बमोजिम हुने गरी’ हाललाई मुद्दा पुर्पक्षको निमित्त कारागार पठाउने आदेश अदालतले सुनाएको हो।

२०६६ फाल्गुन १७ गते फागु पूर्णिमाको दिन उद्योगी नवल मुरारकाको घरमा आयोजित एक धार्मिक कार्यक्रममा सहभागी भई फिर्ता जाँदै गरेको बेला शिवचोकमा सिंघानियाको टाउकोमा गोली प्रहार गरि हत्या गरिएको थियो । –कान्तिपुर दैनिकबाट