१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सुनजस्तै पदार्थ भेटिएपछि मेलम्चीको काम रोकियो


0
Shares

काठमाडौं, मंसिर १८ । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स स्थान अम्बाथानमा पहाड खन्दा ढुंगामा मिसिएको पहेंलो पदार्थ फेला परेको छ । स्थानीयले सो पदार्थलाई सुन हुन सक्ने आशंका गरेका छन् ।

हेडवक्र्सको काममा रहेका इटालियनले पहेंलो कण मिसिएको ढुंगालाई लुकाएर धमाधम झोलामा हाल्न थालेपछि विषय बाहिर आएको हो ।

इटालियन कामदारले पहेंलो रंगको ढुंगा झोलामा हालेपछि स्थानीयले सुन भेटिएको हल्ला चलाएका थिए ।

सुन भएको पहाड खन्न पाईंदैन भन्दै स्थानीयबासी हेडवक्र्स स्थानमा पुगेपछि खानेपानी हेडवक्र्स साइटको काम रोकिएको छ । त्यस्तो पहेंलो पदार्थ अम्बाथान वरिपरि धेरै ठाउँमा पाइने गरेको स्थानीयले बताए ।

सुनजस्तो पहेंलो पदार्थ फेलापरेपछि हेडवक्र्सको पहाड खन्ने काम शुक्रबारदेखि बन्द भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

स्थानीयको एक समुहले सुनको पहाड नखन्न भनेपछि खानेपानी आयोजनाले सो स्थानको काम बन्द गरेको खानेपानी बोर्डका इन्जिनियर लक्ष्मण रायमाझीले जानकारी दिए ।
-रामकृष्ण थापा, नयाँ पत्रिका दैनिकबाट