
काठमाडौं, मंसिर १८ । अमेरिकामा बेरोजगारी दरमा नौं वर्ष यताकै कम भएको छ । अमेरिकी श्रम विभागका अनुसार नोभेम्बरमा बेरोजगारीको दर ४ दशमलव ६ प्रतिशत छ ।
यो सन् २००७ को अगस्ट यताकै न्यून बेरोजगारी दर रहेको अमेरिकी श्रम विभागले जनाएको छ ।
गत अक्टोबरमा बेरोजगारी दर ४ दशमलव ९ प्रतिशत थियो । आउँदो महिना ब्याजदर बढाउने तयारी गरिरहेका बेला बेरोजगारी दर घटेको तथ्यांक सार्वजनिक भएको हो ।
तर अर्थतन्त्र तथा ज्यालादरको वृद्धि भने अपेक्षा गरिएभन्दा कमजोर देखिएको जनाइएको छ । रोजगारीको दर बढे पनि कमाईको दर भने नबढेको विभागले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्