२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


डम्पिङ साइटभन्दा कम छैन विमानस्थल, जताततै छ फोहर


0
Shares

स्पेन, मंसिर २० । आर्थिक मन्दीको चपेटामा परेको स्पेनको विभिन्न विमानस्थल कुनै डम्पिङ साइटभन्दा कम छैन ।

नागरिक उड्डयनका कर्मचारीहरु हड्तालमा उत्रिएका कारण विमानस्थल दुर्गन्धित बन्दै गएको हो भने जताततै फोहरका थुप्रो देखिन्छन् । बार्सिलोनासहित देशका विभिन्न विमानस्थलको हालत उस्तै देखिन्छ ।

यात्रु बस्ने कुर्सीमा समेत फोहर थुपारिएको छ ।

बेलायतका पर्यटक लकी फरमेनका अनुसार बार्सिलोनाका सडक त सफा देखिन्छन् तर विमानस्थल कुनै डम्पिङ साइटभन्दा कम छैन । विमानस्थलमा केही समय बिताउन पनि निकै कठिन भएको उनले जनाए ।

बार्सिलोना विमानस्थलमा उनले खिचेका केही तस्वीर ट्वीटरमा भाइरल भएका छन् ।

विमानस्थल कार्यालयके केही दिनअघि बजेटमा कटौती गरेपछि कर्मचारीहरु विरोधमा उत्रिएका हुन् । बजेट कटौती भएकै कारण कर्मचारीहरुको तलवमानमा असर पर्न सक्ने भन्दै सफाइ कर्मचारीहरुसमेत हड्तालमा उत्रिएका कारण विमानस्थलमा फोहर थुप्रिएको हो । (एजेन्सी)