२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


तमिलनाडुका मुख्यमन्त्री जयललितालाई हृदयघात


0
Shares

नयाँदिल्ली, मंसिर २० । भारतको दक्षिणी भागमापर्ने तमिलनाडु राज्यका नेता तथा मुख्यमन्त्री जयललितालाई आइतबार राति हृदयघात भएको छ ।

हृदयघातपछि गरिएको शल्यक्रियापश्चात पनि उनी अवस्था र गम्भीर नै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

तमिलनाडु प्रान्तका मुख्यमन्त्री जयललिताको वरिष्ठ चिकित्सकको टोली लागेर उपचार भइरहेको बताइएको छ ।

उनको चेन्नाइको प्रान्तीय राजधानीमा रहेको अपोलो अस्पतालमा उपचार भइरहेको छ ।

चलचित्रका नायिकापछि राजनीतिमा प्रवेश गरेकी जयललिता आइतबार राति हृदयघातबाट पीडित भएपछि अस्पताल भर्ना गरिएको हो ।

उनी दुई महिनाअगाडि पनि ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण अस्पताल भर्ना भएकी थिइन् ।

आफ्ना समर्थकबीच ‘अम्मा’को नामबाट परिचित उनले सन् १९८० को सुरुबाट नै राजनीतिमा जीवन सुरु गरेकी थिइन् ।

उनी सफल चलचित्र नायिका हुँदाहुँदै पनि राजनीतिमा प्रवेश गरेकी थिइन् । उनले करिब १५० ओटा चलचित्रमा अभिनय गरेकी छन् ।

उनले तमिलनाडुको मुख्यमन्त्रीको पद तीनपटकसम्म सम्हाली सकेकी छन् ।

पछिल्लोपटक सन् २०११ को मे महिनाबाट उनी तमिलनाडुको मुख्यमन्त्रीको पदमा छिन् ।

जयललिताको सोमबार बिहान सबेरै मुटुको शल्यक्रिया भएको उनीका पार्टी एआइएडिएमकेका प्रवक्तले जानकारी दिएका छन् ।

‘चिकित्सकका अनुसार अम्मा राम्रो हुने छिन्’ पार्टीका प्रवक्ताले बताएका छन् । रासस/एपी