
काठमाडौं, मंसिर २१ । इरानमा अनलाइनमा फोटो पोष्ट गरी वेश्यावृद्धि बढाएको अभियोगमा फेशन जगतका १२ जनालाई जेल सजायँ सुनाइएको छ ।
शियाज शहरस्थित अदालतले आठ जना महिला र चार पुरुषलाई पाँच महिनादेखि छ वर्षसम्मको जेल सजायँ सुनाएको हो ।
उनीहरुलाई फेशनको काम गर्न र दुई वर्षसम्म मुलुक छाड्न प्रतिबन्ध लगाइएको छ ।
सजायँ सुनाइएकाले भने अभियोग अस्वीकार गर्दै फैसलाविरुद्ध अपील गर्ने बताएका छन् ।
इरानमा यसअघि पनि मोडलहरुले गैर मुश्लिम व्यवहार प्रदर्शन गरेको भन्दै न्यायिक क्षेत्रबाटै यसविरुद्ध कडा अभियान चलाइएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्