
काठमाडौं, मंसिर २१ । अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा आदिवासी मिलिसिया र सुरक्षाकर्मीबीचको संघर्षमा कम्तिमा ३१ जना मारिएका छन् ।
मारिनेमा मध्य कन्साई प्रान्तका उप गभर्नर र १३ जना सुरक्षाकर्मी छन् । १८ जना मिलिसिया पनि मारिएका छन् ।
मध्य कन्साई प्रान्तमा पराम्परागत मुखियाको विषयमा स्थानीय काका र भतिजा पक्षबीच चर्किएको विवाद हिंसामा परिणत भएको बताइएको छ ।
डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा आदिवासी मिलिसियाबीच हिंसा भैरहन्छ । राष्ट्रपतीय निर्वाचनको तिथि सरेपछि भने त्यहां हिंसा बढ्दो छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्