२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


इन्डोनेसियामा शक्तिशाली भूकम्प, कयौं भवनमा क्षति


0
Shares

जकार्ता, मंसिर २२ । इन्डोनेसियामा शक्तिशाली भूकम्प आएको छ । भूकम्पका कारण कयौं भवन भत्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

समाचार एजेन्सीहरुका अनुसार आचेह प्रान्तमा स्थानीय समयअनुसार बिहान ५ः०३ बजे ६.४ तीब्रता मापन गरिएको भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

स्थानीय संचारमाध्यमले २५ जनाको मृत्यु भएको जनाएका छन् । कयौं मानिस घरको भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

स्थानीयहरु आफ्नो घर छाडेर खुला आकाशमुनी आश्रय लिएर बसिरहेका छन् । (एजेन्सी)