१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


अर्बौंका स्वास्थ्य उपकरण बेकम्मा बनेर अस्पतालमै थन्किए


0
Shares

काठमाडौं, मंसिर २३ । मुलुकका प्रमुख अस्पतालहरूमा सरकारले अर्बौ रूपैयाँ खर्चेर खरिद गरेका स्वास्थ्य उपकरणहरू बेकम्मा भएर थन्किएका छन् ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन, क्षेत्रीय अस्पताल पोखरा र अन्य अस्पतालका उपकरण मर्मत नगरी थन्क्याइएका हुन् ।

नयाँ खरिद गर्दा कमिसन पाइने भएकाले बिग्रिएका महँगा उपकरणहरू मर्मत नगरिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार जिल्ला अस्पतालसहित मुलुकमा १ सय भन्दा बढी सरकारी अस्पताल छन् । मुलुकको सबैभन्दा पुरानो अस्पताल वीरमा युरोलोजी, न्यूरो, कार्डियो र जनरल सर्जरी, इएनटी, रेडियोलोजी, आँखा, फिजियो, ग्यास्ट्रो र अन्य रोगसँग सरोकार राख्ने उपकरण बिग्रिएको भन्दै थन्क्याएर राखिएको छ ।

त्रिवि शिक्षण अस्पतालको अवस्था पनि अन्य सरकारी अस्पतालभन्दा भिन्न छैन । यसले करोडौं रुपैयाँ का उपकरण भण्डारमा थन्क्याएर राखेको छ । –नागरिक दैनिकबाट