
पेरिस, मंसिर २४ । फ्रान्सको राजधानी पेरिसमा मानिसको तुलनामा मुसाको जनसंख्या अढाइ गुणा बढी पाइएको छ । सहरमा मुसाको संख्या बढेपछि सरकारले नियन्त्रणका लागि विशेष अभियान नै संचालन गरेको छ ।
पेरिस प्रशासनले विभिन्न पार्क तथा बगैंचालाई बन्द गरेको छ । पेरिस सिटी हलले अस्थायी रुपमा बगैंचा तथा पार्क आम जनताका लागि बन्द गरेको हो ।
मुसा समात्ने अभियानअन्तर्गत हालसम्म पेरिसका पाँच मुख्य पार्क बन्द गरिएको छ । मुसा समात्नका लागि पर्यावरणलाई ध्यान दिदैं विशेष किसिमको पिंजडा प्रयोग गरिएको छ ।
स्थानीय प्रशासनले मुसाका लागि आहार नदिन पनि अपिल गरेको छ । सार्जजनिक स्थलमा राखिएका फोहोरदानीमा पनि मुसा प्रवेश गर्न नसकोस् भन्ने उद्देश्यले विशेष सतर्कता अपनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्