
पपुवा न्यूगिनी, मंसिर २४ । प्रशान्त महासागरको सोलोमन टापु नजिकै ७ दशमलव ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पलगत्तै सुनामीको चेतावनी दिइए पनि त्यसलाई पछि फिर्ता लिइएको छ । भूकम्पको पहिलो शक्तिशाली धक्कापछि लगातार चारवटा साना पराकम्प गएका थिए ।
भूकम्पका कारण केही क्षेत्रमा विद्युत र फोन सम्पर्कसमेत विच्छेद भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एसिया प्रशान्त सुनामी चेतावनी केन्द्रका अनुसार सोलोमन टापू, वानुआतु, पपुवा न्यूगिनी, नैअरु, न्यू क्यालिडोनिया, तुवालु तथा कोसरे क्षेत्रमा भूकम्पको प्रभाव पर्ने छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्