२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


‘डोनाल्ड ट्रम्पलाई जिताउन रुसले भित्रभित्रै सघाएकै हो’


0
Shares

काठमाडौं, मंसिर २६ । गत नोभेम्वरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन रुसले भित्रभित्रै सघाएको दावी अमेरिकी जासूसी संस्थाले गरेको छ ।

राष्ट्रपति बराक ओबामाले निर्वाचनमा रुसको संलग्नताबारे छानबीन गर्न आदेश दिएकै समयमा जासूसी संस्थाको यस्तो दाबी आएको हो ।

ह्याकिङमा रुसी संलग्नताबारे आफूहरुसँग प्रशस्त प्रमाण रहेको दावी जासूसी संस्थाहरुले गरेको खबर न्यूयोर्क टाइम्सले छापेको हो ।

अमेरिकी गुप्तचर विभाग सिआईएलाई उद्धृत गर्दै वासिंगटन पोष्टले पनि यो खबर छापेको छ ।

तर ट्रम्पको टिम र रुससमेतले यस आरोपको आधारहीन भन्दै आएको छ । कुनै बेला सद्दाम हुसेनसँग नरसंहारको हतियार रहेको दाबी गर्नेहरुले नै यो हल्ला फिँजाएको ट्रम्प पक्षको जिकीर छ ।

यसअघि, राष्ट्रपति ओबामाले राष्ट्रपति चुनाव पूर्व रुसबाट भएको भनिएको साइबर आक्रमणका विषयमा छानबिन गर्न निर्देशन दिएका थिए ।

सिआइएले रुसले नै हिलारी क्लिन्टन तथा जोन पोडेस्टाको इमेल ह्याक गरेको र त्यसको फाइदा ट्रम्पले लिएर चुनाव जितेको दाबी गरेको थियो ।(एजेन्सी)