२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


इस्तानबुलमा दुईवटा बम विस्फोट, २९ को मृत्यु, १ सय ६६ जना घाइते


0
Shares

काठमाडौं, मंसिर २६ । टर्कीको राजधानी इस्तानबुलमा गराइएका दुई वटा बम विस्फोटमा कम्तिमा २९ जनाको मृत्यु भएको छ । घटनामा १ सय ६६ जना घाइते भएका छन् ।

पहिलो बम विस्फोट इस्तानबुलस्थित एक रंगशाला बाहिर गराइएको थियो । दंगा नियन्त्रित प्रहरीको बसलाई लक्षित गरी गराइएको कार बम विस्फोटमा थुप्रै सवारी साधनमा क्षति पुगेको छ ।

टर्कीका दुई वटा फुटबल टोलीबीच भएको खेल समाप्त भएको केही घण्टामै विस्फोट भएको बीबीसीले जनाएको छ ।

रंगशाला बाहिर भएको बम विस्फोटको केही बेरमै एउटा पार्कमा आत्मघाती विस्फोट गराइएको थियो ।

एक आत्मघातीले बमबाट आफैंलाई उडाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

घटनालगत्तै गोलीको आवाजसमेत सुनिएको बीबीसीले जनाएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि, घटना कुर्दिस विद्रोहीले गराएको हुनसक्ने आशंका गरिएको छ । (एजेन्सी)