Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


भारतलाई चीनको चुनौतीः ‘भारतले यस्तो सोचे अन्त्यहीन समस्या निम्तन्छ’


0
Shares

काठमाडौं, मंसिर २८ । चीनले नेपाल ढुवाँनीका लागि चिनियाँ कार्गो रेल सञ्चालनबारे भारतले दिएको अभिब्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै ‘भारतले यस्तो ठाने अन्त्यहीन समस्या निम्तने’ चेतावनी दिएको छ ।

चिनियाँ सरकारी प्रकाशन ‘ग्लोबल टाइम्स’ दैनिकमा आइतबार प्रकाशित लेखमा ‘चिनियाँ सामाग्री निर्यातलाई भारतमा निर्मित बस्तुको बिक्रीको चुनौतीका रुपमा लिइए त्यसले अन्त्यहीन समस्या निम्त्याउने’ प्रक्रिया छ ।

ग्लोबल टाइम्सलाई बैदेशिक नीतिमा चीन सरकारको आधिकारिक धारणा सार्बजनिक गर्ने पत्रिकाका रुपमा लिइन्छ । लेखमा चिनियाँ कार्गो रेल सञ्चालन विषयमा भारतले नेपालको बजार खोस्न लागेको ठाने त्यसले चीन–भारत सम्बन्धमै समस्या ल्याउने चेतावनी दिएको छ ।

भारतले चीनबाट नेपाली सामान रेलमा आइरहेको बारे भारतीय व्यापारको स्वतन्त्र प्रतिस्पर्धाविहीन पहुँचलाई नराम्रोसँग प्रभावित गर्ने अभिव्यक्ति सार्वजनिक गरेको थियो ।

भारतीय संस्थापनको मुखपत्र मानिने टाइम्स अफ इन्डियाले केही दिनअघि लेखेको थियो, ‘चीनले नेपालमा सामानको खेप पठाएर भारतसँग प्रतिस्पर्धा गर्न खोजेको छ, त्यो कदमले नेपाली बजारमा भारतीय व्यापारको स्वतन्त्र प्रतिस्पर्धाविहीन पहुँचलाई नराम्रोसँग प्रभावित पार्नेछ ।’

करिब २९ करोड रुपैंयाँको नेपाल ल्याउने सामाग्री बोकेको चिनियाँ कार्गो रेल शुक्रबार ग्वान्जाओबाट तिब्बतको ग्याइरोङतर्फ छुटेको थियो । यस्ता रेल पहिलोपटक बैशाखमा छुटेका थिए ।

चीनबाट रेलमा सामान ल्याउँदा खर्च महँगो पर्ने भएपनि भारतको बाटोबाट भन्दा एक महिना छिटो हुन्छ । यसअघि चिनियाँ सामाग्री कोलकाता–वीरगन्ज हुँदै ल्याइथे । चीनबाट आयात हुने करिब ७० प्रतिशत सामाग्री कोलकाताको वीरगन्ज हुँदै नेपाल भित्रिने गरेको छ ।
-नागरिक दैनिकबाट