१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


विद्युत चोरी नौ अर्बको, दुई महिनामा करिब तीन प्रतिशत नियन्त्रण


0
Shares

काठमाडौं, मंसिर २८ । विद्युत प्राधिकरणले चुहावट नियन्त्रण अभियान सुरु गरेको दुई महिनामा करिब तीन प्रतिशत नियन्त्रण गरे पनि अझै एक अर्ब आठ करोड युनिट विजुली गायब भएको छ ।

औसत विक्री मूल्यका हिसाबले यो चुहावटबाट प्राधिकरणलाई ठाडै नौ अर्ब ३० करोड रुपैंया (प्राधिकरणको बार्षिक घाटाभन्दा बढी) नोक्सान परेको छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले सोमबार तयार पारेको आंकडाअनुसार जडित क्षमताका आधारमा प्रणालीमा हाल स्वदेशका निजी क्षेत्रले उत्पादन गरिरहेको दुईसय एक मेगावट बराबरको विजुली चुहावट भएको छ । यति विजुली उत्पादन गर्ने आयोजना निर्माण गर्न अहिलेको मूल्यको ३० अर्ब रुपैंयाँ लाग्छ ।

लुकाइएको विजुली सर्वसाधारणलाई वितरण गरेर देशलाई लोडसेडिङमुक्त प्रायः बनाएको प्राधिकरणले विद्युत चुहावट नियन्त्रण अभियानलाई तिब्रता दिएको छ ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट