
काठमाडौं, मंसिर २८ । भारतको आन्द्रप्रदेश र तमिलनाडुमा आँधीका कारण सात जनाको ज्यान गएको छ ।
भारी बर्षापछी आएको वरदा नामको आँधीले त्यहाँको जनजीवन प्रभावित बनेको छ । आँधीका कारण हवाई सेवा समेत प्रभावित बनेको छ ।
सडकमा जताततै रुखहरु ढलेकाले यातायात सेवा अवरुद्ध बनेको छ । प्रतिघण्टा १ सय ४० किलोमिटरका दरले आएको आँधीले थप क्षति पुर्याउन सकने आँकलन गरी सर्वसाधारणलाई घरभित्र नबस्न अपील गरिएको छ ।
यसैबीच मौसमबिदहरुले दक्षिणी आन्द्रप्रदेश, तमिलनाडु, र कर्नाटकमा आगामी १२ घण्टामा भारी बर्षा हुन सक्ने अनुमान गरिएको छ । आँधी प्रभावित सयौंलाई भने सुरक्षित स्थानतर्फ सारिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्