 
	    काठमाडौं, मंसिर ३० । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगातार चौथो पटक विश्वकै शक्तिशाली ब्यक्ति बन्न सफल भएका छन् ।
अमेरिकी पत्रिका फोब्र्सले सार्वजनिक गरको विश्वका शक्तिशाली ब्यक्तिको सूचीमा रुसी राष्ट्रपति पुटिन पहिलो नम्बरमा पर्न सफल भएका हुन् ।
शक्तिशाली ब्यक्तिको सूचीमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो स्थानमा रहेका छन् ।
यसैगरी जर्मन चान्सलर एन्जेला मर्केल तेस्रो स्थानमा परेकी छिन भने चिनियाँ राष्ट्रपति सी जिनपिङ चौथो स्थानमा परेका छन् ।
पाँचौं स्थानमा भने धर्मगुरु पोप फ्रान्सिस परेका छन् । फोब्र्सले सार्वजनिक गरेको सूचीमा जानेट येलेन छैठौं, विल गेट्स सातौं, ल्यारी पेज आठौंमा परेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नवौं स्थानमा रहेका छन् ।
फेसबुकका संस्थापक मार्क जुकरबर्ग भने दसौं स्थानमा परेका छन् । फोब्र्स म्यागाजिनले हरेक वर्ष विश्वका शक्तिशाली ब्यक्तिहरुको सूची सार्वजनिक गर्ने गरेको छ । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्