
फाइल फोटो
चितवन, मंसिर ३० । नारायणगढ–मुग्लिन सडकखन्डमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी–साधन रोकेर काम गरिने भएको छ ।
बाँकी सडक चौडा बनाउनुपर्ने भएपछि पुस ७ गतेदेखि चार घन्टा आवागमन रोकेर काम गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।
प्रजिअ नारायणप्रसाद भट्टले सडक आयोजनाले दैनिक ८ घन्टा सवारी आवागमन रोक्न माग गरे पनि यात्रीको समस्यालाई ध्यानमा राखी चार घन्टामात्र सवारी–साधन रोक्ने अनुमति दिएको बताए । रासस
प्रतिक्रिया दिनुहोस्