१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सडकको सास्ती


0
Shares

गोपाल पोखरेल (इमेज)

विराटनगर, असार ६ । प्रदेश नम्बर–१ को राजधानी विराटनगरका भित्रि सडक वर्षा लागेसँगै हिलाम्य भएका छन् ।

मोरङकै अन्य भित्रि सडकजस्तै कटहरी गाउँपालिका र धनपाल जोड्ने सडकको हालत पनि वर्षा लागेसँगै उस्तै भएको छ ।

मोरङको कटहरी गाउँपालिका र धनपाल जोड्ने सडक हिलाम्मे भएको छ । १५ दिनअगाडि सडक निर्माणका लागि कल्भर्ट बनाउन बाटो भत्काएपछि सडकको अवस्था भद्रगोल भएको हो ।

कल्भर्ट बनाउने बहानामा सडक हिलो भएको भनेर स्थानीय सरकार पन्छिने गरेको छ । तर, यहाँका सडक वर्षासँगै हिल्लाम्मे हुने गरेका छन् ।

केही दिनदेखि परेको अविरल वर्षाले सडक हिलाम्मे भएपछि यात्रुलाई आवत–जावतमा समेत सास्ती भएको छ ।

विकास निर्माणमा ठेकेदारको लापरबाहीले गर्दा स्थानीय बासिन्दाले दःुख पाएका छन् । स्थानीयका लागि बाइपास बाटोसमेत नभएका कारण निकै समस्या परेको छ ।

सो सडकमा रहेको हिलोका कारण साइकल, मोटरसाइकल तथा पैदलयात्रीहरुलाई आवत–जावत गर्दा निकै समस्या परेको छ ।

पूर्वाधार विकास कार्यालय मोरङ, भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश कार्यालयद्वारा कुल ४१ करोड १९ लाख १२ हजार रुपैयाँमा उक्त सडकको निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

यसरी ठेकेदारको लापरबाहीले गर्दा स्थानीय बासिन्दाले दुःख भोग्नुपर्ने बाध्यता छ ।

तर, स्थानीय पालिकाहरुका प्रतिनिधिहरुसमेत जनताले पाइरहेको दुःखलाई रमिते बनेर हेरिरहेका छन् ।

मुलुकमा तीन तहका सरकार छन् । विकासका कामलाई अगाडि बढाउन खोजिएको छ । तर, ठेकेदारले निर्माणकार्यलाई चुस्त गतिमा अगाडि नबढाउँदा समस्या सृजना भएको देखिन्छ ।

भिडियो हेर्नुहोस्