
काठमाडौं, पुस २ । टर्कीको केसरी सहरमा शनिबार गराइएको कारबम विस्फोटमा कम्तीमा १३ जना सैनिकको मृत्यु भएको छ ।
सेनालाई लिएर गइरहेको बसलाई लक्षित गरी स्थानीय एक विश्वविद्यालयअगाडि विस्फोट गराइएको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । विस्फोटमा ४८ जनाभन्दा धेरै घाइते भएका छन् ।
इस्तानबुलमा ४४ जना मारिने गरी कुर्दिस लडाकुले बम आक्रमण गरेको एक सातापछि नै यो विस्फोट भएको हो ।
पछिल्ला केही महिनायता टर्कीमा कुर्दिस लडाकु र जिहादीहरुले शृंखलाबद्ध बम विस्फोट गराउँदै आएका छन् ।
पछिल्लो घटनाको जिम्मेवारी कसैले पनि लिइसकेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्